रौतहट । रौतहट जिल्लाको विभिन्न नाकाबाट सेटिङ्गको अधारमा तस्करी तीब्र बढेका छन्। सीमावर्ती भारतीय बाजार बैरगनियाबाट मुख्य नाका भएर सीमावर्ती नाकामा खटिएका प्रहरीको संरक्षणमा खुलेयाम भारतीय टेम्पो मार्फत भारतीय सामानहरु नेपालमा भित्रयाइने कार्य भई रहेका छन ।
भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान देखाउटी रुपले चेक जाँच गर्नमा ब्यस्त रहेता पनि भन्सार नजिक रहेको पसलमा तस्करहरुले डिउटी खर्च स्वरुप चढावा दिने र निर्वाद रुपमा भन्सार छलीका समानहरु तस्करी गर्ने गरेका छन्।दिनहुँ टिप अनुसार रकम निर्धारण गरी तस्करहरुले तस्करी गरि रहेको पाईएको हो। सीमावर्ती नाकामा खटिएका सुरक्षाकर्मीले दैनिकी टिप पसलमा नराख्दा तस्करीका मालसामान नजानदिने पछि कुरा नमिल्दा बलजबर्जस्ती पक्राउ गरी भन्सार बुझाउने पुरानो परम्परा रहेको स्थानीयहरुले बताउँछन् ।
गौर भन्सार नजिक दर्जनौं सिसि टिभि क्यामेरा तस्करको लागि नभई सर्वसाधारणका लागि मात्र भएको स्थानीयहरुले बताएका छन्।भारतबाट इलेक्ट्रॉनिक सामान ,हार्डवेयरका सामान ,चीनी ,खानेतेल , लताकपडा , कुखुराको चल्ला, सहितका समानको तस्करी भईरहेका छन्। त्यसतै रौतहटको पुर्वी लक्ष्मीपुर बेलबिक्षवा, ब्रहम्पुरी गाउँबाट बिहारमा प्रतिबन्धित मदिरा,खाद्य,मसुरो, मुङ्गको तस्करी शस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङ्गमा रातीराती हुने गरेको स्थानीयले बताएका छन्। भने रौतहटको पश्चिमी नाका बंजरहा,लतमडी,रामपुरखाप,राजपुर,सानो घिउरा,जयनगर सहितको सबै नाका तस्करका लागि सुचारु भएको स्थानीयले बताएका छन्। बोर्डर एरियामा सुरक्षाकर्मीले तस्करीको मामिलामा कडाइ गरे पनि रौतहटको मध्य माग शिवनगरमा ठुलो परिनाममा भारतीय भन्सार छलीका चिनी पक्राउ हुनु रौतहटका सुरक्षाकर्मी माथि ठुलो प्रशन खडा भएका छन्। यति ठुलो मात्रामा भारतीय चिनी बरामद हुँनु र कुन नाकाबाट आएको हो भने पतो नलाग्नु रौतहटको सुरक्षाकर्मी माथी ठुलो चुनौती खडा भएको स्रोतले बताएका छन् ।
गौर भन्सार कार्यालयको श्रावण महिनामा दुई करोड उनान्सत्तरी लाख राजस्व उठाउने लक्ष्य रहे पनि लगभग दुई करोड सरसठी लाख उठेका छन।सुरक्षा ब्यवस्था फितलो,- रौतहटको सदरमुकाम गौरमा एक सातामा तीन तीन वटा सव बरामद भएको हो। जस मध्ये दुई पुरुष र एक महिलाको शव रहेको हो। गौरको एक लजबाट मृत अवस्थामा पुरुषको शव फेला परेको थियो। भने गौर संकर यादव क्याम्पसको उत्तरपट्टी दुई युवकमा वाटरगण नशालु पदार्थ सेवनको बिषयमा बिवाद हुँदा एक युवकको छुरा प्रहारले मृत्यु भएको थियो ।
त्यसतै सनिवार राति मुडवलवा गेट नजिक सुटकेशमा महिलाको शव बरामदले रौतहट सुरक्षाकर्मीलाई ठुलो चुनौती रहेको र यस्तो घटनाले स्थानीयहरुमा भए त्रास उत्पन्न भएका छन् ।
भिडियो …








प्रतिक्रिया