रुबीको हत्यामा प्रयोग भएको ई-रिक्सा र चालक पक्राउ !

न्यूज डेस्क     २०८२ भाद्र ९, सोमबार २३:११ बजे मा प्रकासित


अमित ठाकुर,रौतहट। रौतहट जिल्लाको सदरमुकाम गौरमा सुटकेश भित्र भेटिएको शवले नयाँ मोड लिएको हो। रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-#रिक्सा चालक पक्राउ आज पक्राउ परेको हो। रौतहटको माधवनारायण नगरपालिका वडा नंबर ६ माधोपुरकी २७ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई-रिक्सा ५ सयमा भाडामा लिएका थिए ।

गगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई-रिक्सा भाडामा लिएको प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए ।रुबीकी शव राखिएको सुटकेस रि-रिक्सा चालकले गंगा पिपरा लैजाने क्रममा मुडलवा गेट नजिक पुगेपछि ई-रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई-रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर चालक महरा फरार भएको प्रहरी उपरीक्षक गिरीले बताए ।

पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको प्रहरीलाई बयान दिएका छन् । रुबीको हत्याराको व्यापक खोजी भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए । हत्याराले
शनिबार बेलुकी रुबीलाई आफ्नो डेरामा बोलाएर हत्या गरेको प्रहरीले अनुमान लगाएको हो । ‘हत्या गर्नेको लगभग पहिचान भइसकेको छ,’ एक प्रहरी अधिकृतले भने । शनिबार साँझ करिब ६ बजे आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनु छ भन्दै रुबी गौर बजार गएकी थिइन् । रुबी त्यसपछि बेपत्ता भइन् । त्यस राति उनी घर फर्किइनन राति शंकास्पद अवस्थामा गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस फेला परेको थियो । स्थानीय प्रहरीलाई खबर गरेको थियो । राति शंकास्पद लागेपछि प्रहरीले सुटकेस खोलेन । आइतबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव फेला परेको थियो ।

प्रतिक्रिया





Top