जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका (९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।आज साँझ ६ बजे घरमै गोली हानि हत्या भएको हो ।
नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले घटनाको पुष्टि गर्दै वडाध्यक्ष यादवको घरमै बसिरहेको अवस्थामा गाउँकै युवाहरूको समूहले गोली हानेर हत्या गरेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘गाउँ केही समय अघि स्थानीय दुई समूहबीच विवाद भएको थियो । त्यतिबेला वडाध्यक्षले सम्झाएका थिए । सोही रिसिबीमा उनीमाथि गोली प्रहार भएको हो ।’
उनका अनुसार हत्या आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोली हान्ने व्यक्ति प्रहरीमा कार्यरत रहेको भनिएता पनि पुष्टि हुन बाँकी रहेको उनले बताए ।








प्रतिक्रिया