सबैला नगरपालिका : १०० युवायुवतिलाई प्लान इन्टरनेश्नल र JWAS ले दक्ष युवा परियोजनाकाे प्रतिवेदन पेश

शम्भु पण्डित     २०८२ मंसिर १, सोमबार १७:५६ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी महिला जागरण समाजले धनुषाकाे सबैला नगरपालिकामा १०० जना महिला पुरुषलाई स्वरोजगारीको खुसी ल्याईदिएको छ ।

प्लान इन्टरनेश्नल नेपाल नामक सँस्थाको आर्थिक सहयोगमा धनुषा जिल्लाको सबैला नगरपालिकामा सँचालित दक्ष युवा परियोजना अन्तर्गत ३९ जना युवक र ६१ जना युवति महिलालाई स्वरोजगार बनाउन सफल भएको हो ।

दक्ष युवा परियोजनाले सबैला नगरपालिकाको विभिन्न वडाबाट सहभागीहरु चयन गरिएको थियो । जसमा ३९ जना पुरुष र ६१ जना महिललाई सहभागीता गराएको थियो । नियमित रुपमा तालिम, गोष्ठी, निगरानी, कार्य सम्पादनको माध्यमले १०० जनालाई स्वगरोजगार बनाउन सफल भएको हो ।

जानकी महिला जागरण समाजले सो परियोजना कार्यन्वयन गरी सफल भएपछि आइतबार सबैला नगरपालिकाका मेयर कारीराम यादव उपमेयर रहिमा खातुन प्रशासकिय अधिकृित बिरेन्द्रलाल कर्णा समक्ष कार्यक्रमको अन्तिम प्रतिवेदन बुझाएको थियो ।

साे कार्यक्रममा विभिन्न शाखाकाे प्रमुख लगायत उद्योग बाणिज्य संघ सबैलाका अध्यक्ष ब्रहम्देब यादव पनि सहभागी भएको थियो संस्थाको तर्फबाट समाजिक परिचालन अधिकृित अर्जुन कु सिंह र अनुगमन तथा मुल्यांकन अधिकृित सुस्मिता ठाकुर सहित सहभागी रहेको थियोे ।

युवाहरू विशेष गरी युवती महिलाहरूले आफ्नो योग्यता अनुसारको मर्यादित काम, पेशा वा स्वरोजगारका अवसरहरूका लागि आफ्नो सीप र दक्षता निर्माण र विकास गर्ने लक्ष्यसहित परियोजना सँचालन भएको थियो । युवाहरू विशेष गरी युवती महिलाहरूको लैङ्गिकउत्तरदायी, सभ्य र मर्यादित कार्यस्थल र प्रशिक्षण केन्द्रहरुमा पहुँच बढाउन सफल भएको हो ।

यस परियोजनाको लागि १८ देखि २४ बर्षभित्रका उमेर समूहका सहभागीहरुलाई छनौट गरिएको थियो । उनीहरुलाई लघु उद्यम तालिम, व्यवसायिक एवम् सीप तालिम, स्वरोजगारी तालिम, स्वरोजगारी रोज्नेलाई स्टार्टअप सहयोग, वित्तिय साक्षरता सम्बन्धी तालिम, जीवनउपयोगी तालिम, बचत सम्बन्धी तालिम, सिप तालिम लिनेहरुलाई रोजगारीको सुविधा दिएर १०० जनालाई स्वरोजगार बनाएको हो ।

सो अवधिमा महिलाहरुलाई ब्यूटिपार्लर तालिम, सिलाईकटाई तालिम, लेखापाल सम्बन्धी तालिम, कम्यूटर तालिम प्रदान गरिएको थियो । उनीहरु अहिले सबै जना स्वरोजगार छन् । यस्तै, पुरुषहरुको लागि इलेक्ट्रीसियन तालिम, हेपी इक्यूपमेन्ट अपरेटर तालिम, लाईट ड्राईभर तालिम, यार्न मेसिन मेकानिक तालिम सहित १०० जनालाई प्रदान गरिएको थियो ।

दक्ष युवा परियोजनाले परियोजना अन्तर्गत योजना गरेका मुख्य कृयाकलापहरु तथा सीप तालिम सञ्चालन र व्यवसाय सहयोगका कार्यलाई यस परियोजनाको प्रतिवेदन पेश गरिएको हो । अब यस परियोजना अन्तर्गत सीप तालिम लिएका र रोजगारीमा जान बाँकी युवा सहभागीहरुलाई रोजगारी लगाउने कार्य र व्ययवसाय प्राप्त गरेका सहभागीहरुको नियमित मासिक आम्दानी ट्रयाक गर्ने र उहाँहरुको व्ययवसायको विस्तारमा सहयोगा गर्ने कार्यहरु बाँकी रहेको जानकी महिला जागरण समाजले जनाएको छ ।

प्रतिक्रिया





Top