नबालिग भगाएका दिपक र दिपकका परिवार सहित वडा अध्यक्ष यादवको संलग्नता !

न्यूज डेस्क     २०८२ पुष २०, आईतवार १६:४० बजे मा प्रकासित


नबालिग भगाएका दिपक र दिपकका परिवार सहित वडा अध्यक्ष यादवको संलग्नता ।

अमित ठाकुर,रौतहट।पौष २०।दुर्गाभगवती गाउँपालिका वडा नंबर ४ कि नाम परिवर्तन १४ बर्षीय नेहा यादव मकवानपुर जिल्लाका हेटौंडामा रहेका भुटन देवी माध्यमिक बिधालयको कक्षा १० मा अध्यनरत थिईन्। अध्यनरत नबालिग आफ्नो दाइ संगै हेटौंडामा बस्दै आएकी थिन्। सोही वडाका रामअंज्ञा यादवको छोरा अन्दाजी २० बर्षीय दिलिप यादवले प्रेम जालमा पारी गत पौष २ गतेका दिन हेटौंडाका मिलन चौकबाट करिब राती ९ बजेको समयमा दिपक यादवले आफ्नै संगै लगेको नबालिगकी बुवा नाम परिवर्तन दिनेश यादवले जनाएको हो।

नबालिग यादवकी बुवाले थाहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजतलासका लागि निवेदन दिएको थियो। यता सोही कुरा गाउँमा हल्ला हुँदा दिलिप र दिलिपको बुवा,काका सहित उन्का परिवारलाई दुर्गाभगवती गाउँपालिका वडा नंबर ४ का वडा अध्यक्ष रामानन्द प्रसाद यादवले साथ दिई रहेको पिडित यादवले बताए।वडा अध्यक्ष यादवले बिदेशमा बस्दै आएका दिपकका दाइ संग भिडियो कलमा कुरा गर्दै दिपकले लगेका नबालिगका बुवा आमा संग मुद्दाबाट जोगिन विभिन्न कुराहरु सिकाउँदै आएको एउटा भिडियोले प्रस्ट पारे।

आफ्नो कब्जामा राखेका नबालिग संग वडा अध्यक्ष यादवले भनेझैं बोलाएर सो भिडियो आफ्नो मोबाइलमा राख्न पछि मुद्दा मामिलामा काम दिने भनी दिलिपका दाईलाई वडा अध्यक्ष यादव र उनका कान्छो काका संकर राय यादवले बिदेशमा बस्दै आएका दिलिपका दाइ दिपकलाई भिडियो कलमा भनेका छन्। यता वडा अध्यक्ष यादवको दुई देशका नागरिकता भएता पनि राजनीतिक आडमा बच्दै आएका छन्।

साे वडा अध्यक्ष यादवले भारतबाट पप्पु प्रसाद यादव र नेपालमा रामानन्द प्रसादको नाउँले दुई देशका नागरिकता लिएको प्रमाण फेला परेका छन्। केही महिना पहिला अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय र गृह मन्त्रालयबाट छानबिन गर्न जिल्ला प्रशासन कार्यालय रौतहटलाई पत्रचार पनि गरेको एक स्थानीयले बताए। वडा अध्यक्ष यादवलाई बयानका लागि बोलाएता पनि पछि जेन-जेड आन्दोलन पछि उक्त मुद्दा कहाँसम्म पुग्यो अहिले अतोपतो नरहेको एक स्थानीयले बताए।

प्रतिक्रिया





Top