जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकामा नगर स्तरीय बृहत भेला राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको कार्यक्रम सम्पन्न भएको छ।
साे कार्यक्रम शनिबार सबैला नगरपालिका वडा नम्बर ९ सतोषर स्थित रास्वपाको धनुषा निर्वाचन क्षेत्र नम्बर १को संयोजक जमुना प्रसाद रायको अध्यक्ष्तामा भएको थियो। राय बोर्डिङ स्कुलको संचालक समेत रहेको छन ।
कार्यक्रममा उक्त पार्टीको जिल्ला सभापति लक्ष्मेश्वर साह,केन्द्रिय अभियान प्रचारप्रसार विभाग सदस्य श्री राजकिशोर महतो,मधेस प्रदेश प्रशिक्षण विभाग संयोजक श्री रघुबिर राय लगायत रास्वपाका नेता कार्यकर्ता र सबैला नगरको १३ औं वडाको स्थानीयहरुको उपस्थित रहेको र उक्त कार्यक्रम सबैला नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टीको नगर अध्यक्षमा गौरि शंकर यादवलाई सर्वसहमतले अध्यक्षको जिम्मेवारी दिएको रास्वपाको क्षेत्रीय सभापति जमुना प्रसाद रायले बताए ।







प्रतिक्रिया