धनुषा–१ मा घरदैलो अभियान तीव्र, गाउँ गाउँमा मतदातासँग भेटघाट गर्दै

न्यूज डेस्क     २०८२ फाल्गुन ३, आईतवार ०७:०० बजे मा प्रकासित


जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी कमल साह धनुषा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत सबैला नगरपालिका वडा नं. ७ मा घरदैलो अभियान सञ्चालन गरेका छन्।

अभियानका क्रममा उम्मेदवार साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारका विषयमा छलफल गरेका थिए। मतदाताहरूका समस्या र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास दिलाए।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा स्वस्थ कृषि तथा समावेशी विकासका मुद्दालाई केन्द्रमा राखेर अभियानलाई थप सशक्त बनाउने बताएका छन् ।

स्थानीयवासीहरूले पनि उम्मेदवारसँग आफ्ना दैनिक जीवनसँग जोडिएका समस्या राख्दै समाधानमुखी नेतृत्वको आवश्यकता औँल्याएका थिए। आगामी निर्वाचनमा जनताको मतमार्फत परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा जिल्ला सभापति लक्ष्मेशवर यादव धनुषा क्षेत्र १ का उम्मेदवार किशोरी साहको लोकप्रियता बढेपछि विरोधीको रणनीति—‘दल बदलु’ ट्याग ,पुराना नेताहरू किन डराए?
साे घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा तथा खेलकुद विभाग धनुषा प्रमुख सुरेन्द्र प्रसाद शाह क्षेत्रीय सभापति जमुना राय र सबैला नगर अध्यक्ष गौरी यादव सहित रहेको थियो । गाउमा जब घरदैलो कार्यक्रम सुरु गरेपछि अन्य पार्टी का कार्यकर्ता गाउका बुद्धिजीवी तथा भरभलादमी सहित वडा सभापति पण्डित सहित १०० युवाहरु सहभागी रहेको थियो ।

प्रतिक्रिया





Top