अमित ठाकुर,रौतहट। पछिल्लो समयमा अव्यवस्थित बनेको यातायात ब्यवस्था कार्यालय गौर व्यवस्थित बन्न थालेका छन्। पछिल्लो समयमा नियमित कार्यालय प्रमुख जितेन्द्र गुप्ताका कारण बदनाम रहेको यातायात ब्यवस्था कार्यालय गौर अहिले नयाँ कार्यालय प्रमुख राज किशोर साह आउँदा अहिले बिस्तारै सिस्टम सुधार गर्दै आएको स्रोतले बताएका छन्।
यातायात ब्यवस्था कार्यालय गौरमा पछिल्लो समय रहेको कार्यालय प्रमुख गुप्ता पटक पटक बिवादमा परिरहदा गुप्तालाई मधेश प्रदेशका उधोग बाणिज्य तथा पर्यटन मन्त्रालय सरुवा गरेको थियो।यातायात ब्यवस्था कार्यालय गौरमा कामकाज गर्न मधेस प्रदेश सरकारका भौतिक पुर्वधार बिकास मन्त्रालयले यातायात ब्यवस्था कार्यालय बर्दिवासमा कार्यरत राज किशोर साहलाई पठाएका छन्।
कार्यालय प्रमुख साह आए देखि पछिल्लो समयमा भएको सबै कृयाकलाप सुधार गरिरहेको र अझ केही समय लाग्ने उनले बताउनु भयो। कार्यालय प्रमुख साह यस भन्दा पहिला यातायात ब्यवस्था कार्यालय बर्दिवासमा रहदा कुनै पनि विवादमा नरहेकोले कार्यालय प्रमुख साहलाई पछिल्लो समय देखि विवादमा रहेको यातायात ब्यवस्था कार्यालय गौरमा मन्त्रालयले काज सरुवा गरिएको बताएका छन्।
कार्यालय प्रमुख साहले भने पछिल्लो समय यस यातायात ब्यवस्था कार्यालय गौरमा दलाल,बिचौलियाहरु हावी बनेको थियो मेरो पालामा कुनै दलाल बिचौलियाको केही नचल्ने र सेवाग्राहीलाई राम्रो संग सेवा मिल्ने कार्यालय प्रमुख साहले बताएका छन्।







प्रतिक्रिया