सप्तरी । मधेस प्रदेशको सप्तरी राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययरत रहेका एक विद्यार्थीलाई करेन्ट लागेर मृत्यु भएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन ।
कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीका १५ वर्षीय छोरा पेसलानन्द यादवको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हाे । प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रूपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताका लागि पेसलानन्दलाई स्पिकर बजाउन विद्युतको पोलमा हुकिङ गर्न खटाएको थियो ।
हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
विद्यालय प्रशासनको लापरबाहीका कारण घटना भएको भन्दै विद्यार्थीहरु विद्यालयको गेटअगाडि प्रदर्शनमा उत्रिएका छन ।








प्रतिक्रिया