जनकपुरधाम। धनुषाको ग्रामिण भेगमा पर्ने बिरेन्द्रबजार-यदुकुहा-महिनाथ्पुर हुलाकी सडकमा दिन्हु दुर्घटना भैईरहदा `दुर्घटना-रेडजोन´को अधिकारिक घोषणा हुन्न मात्र बाकी थियोे। दुर्घटना भैइरहदा सबै पक्षको ध्यानाकर्षण भई दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सबैला नगरपालिका वाडा नं. भठिहन बजारमा सम्पन्न भएको छ। भठिहन बजारमा सचेतना सहित सडक क्षेत्रमा राखिएका सामाग्री हटाउने र नराख्नका लागि सचेत गराइएको छ। धेरै जसो तीन जना सवारी गर्ने हेल्मेट नलगाउने जस्ता समस्या रहेको धनुषा ट्राफिक प्रहरी प्रमुख धनुषाका प्रमुख ट्राफिक शेखर कुमार शाह,ले बताउनुभयो ।
रेडियो धनुष ९९.७ मेगाहर्जका स्टेसन प्रमुख मुकेश कुमार ठाकुरकाे संयाेजनमा जिल्ला ट्राफिक कार्यालय धनुषा , जिल्ला प्रहरी कार्यालय धनुषा , इलाका प्रहरी कार्यालय सबैला स्थानीय व्यापार संघ,शिक्षक,विद्यार्थी,संस्थाका प्रतिनिधिकाे उपस्थितिमा कार्यक्रम भएको थियाे।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि ,सबैला नगरपालिका नगर प्रमुख कारी राम यादवले सडक दुर्घटना मानव जिवनकाे पिडादाइ समस्याका रुपमा रहिआएको बताउनुभयो ।
उहाँले यसकाे न्यूनीकरणका लागि सबै सचेत बन्नुपर्ने बताउनुभयो । दिनप्रतिदिन सडकमा थप चाँप बढ्दै गएकाले मापदण्डअनुसार सडक निर्माणमा लाग्नुपर्ने बताउनुभयो । नगर भित्र धेरै जसाे सडक साना रहेकाले सडकलाई सिसिटी-भि छिटै जडान गर्ने नगर प्रमुख यादवले बताउनुभयो । नगरभित्र हुने दुर्घटना न्यूनीकरणका लागि सराेकारवालासँग समन्वय गरि पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले भित्री सडकमा सवारीकाे गति ३० किलोमिटर प्रति घण्टा कायम गर्नुनै दुर्घटनामा न्यूनीकरणकाे पहिलाे उपाय हुने बताउनुभयो । अहिलेका युवा विद्यार्थीले लागूऔषद प्रयोग गरेर सवारी चलाएको समेत दुर्घटना भएको बताए ।
ट्राफिक सचेतना जगाउन तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रमले सडक क्षेत्रमा हुने दुर्घटना कम र सचेत गराउन कार्यक्रम गरिएको वडा अध्यक्ष मनिष रायले आयोजक पत्रकार मुकेश ठाकुरलाई विशेष धन्यवाद दिनुभयो । कार्यक्रममा इप्रका सबैला प्रमुख राम कृष्ण देवकोटा,वडा अध्यक्ष मनिष राय,शिक्षक,दिनेश राय,सुरेन्द्र यादव,वडा अध्यक्ष सेराज राइन,व्यापार संघको अध्यक्ष विरेन्द्र यादव,महिला हिंसा सम्बन्धि प्रशिक्षक बिनु श्रेष्ठ,संचार कर्मी आयुव हुसेन ,शम्भु पण्डित,मनोज पासवान ,जितेन्द्र अक्षत,समाजिक युवा उमेश राय,राम जानकी नमूना माद्यामिक विद्यालय सतोखरका शिक्षक,विद्यार्थी,सरस्वती मावि ठिल्लाका प्रअ शिक्षक,विद्यार्थी,स्टार इङलिस बोडिङ स्कुलका शिक्षक विद्यार्थी सहित महेश कुमार रायको विशेष पहल रहेको र कार्यक्रम पत्रकार प्रेम चौहानले संचालन गरेका थिए।








प्रतिक्रिया