होटेलमा पानी किन्न पुगेपछि एकै परिवारका तिनजान भिठामोडमा कुटीए

शम्भु पण्डित     २०८० जेष्ठ २८, आईतवार २२:१९ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश महोत्तरीको भिठामोडमा पानी किन्ने हाेटेलमा गएपछि विवाद जनकपुरका एकै परिवारका तीनजनालाई कुटपिट गरेका छन् । भारतबाट फर्किनेक्रम्मा उनीहरु स्थानीय शिवम होटेलमा पानी किन्न पुगेको बेला बिबाद उत्पन्न भएको थियो ।

 

सम्सी गाउँपालिका वडा नम्बर ५ पोखरभिण्डा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ बस्दै आएकी ३६ वर्षीया सविता महतो, उनका भाई द्वय ३२ वर्षीय सुजित साह र २५ वर्षीय सुनिल साह कुकिटएका हुन् ।

सोही क्रममा होटल संचालकसहितले तीनैजनामाथि निर्घात कुटपिट गरेको पीडितले बताएका छन् । एकबोतल खाने पानी किन्दा ५० रुपैयाँ भारु उनीहरुले दिएका थिए । तर होटेल संचालकले नेपाली रुपैयाँ दिनु पर्ने नत्र पानी नदिने भनेपछि विवाद भएको थियो । त्यसै क्रममा संचालकसहितले आफूहरुमाथि कुटपिट गरेको पीडित सुजित साहले दुखेसो पोखे । सोविताको तालुमा फुटेको छ भने सुजितको टाउकोमा फुटेको छ ।

सुनिलको कान र पिठ्युमा गहिरो चोट लागेको बताएकाे छ । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । विवाद पश्चात प्रहरी घटनास्थल पुगेको तर, कुटपिट गर्नेहरुलाई पक्राउ नगरेको पीडितहरुको गुनासो छ । यता महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटना विषयमा बुझ्ने प्रयास गरिरहेको र दोषीलाई कारबाही गरिने बताएका हुन ।

प्रतिक्रिया





Top