जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगर स्थित रहेको सर्प दंश उपचार केन्द्रको सेवा पुनः सुचारु भएको छ ।बजेटको कारण बन्द रहेको सर्प दंश अस्पताल रकम उपलब्धि सँगै पुन :सुचारु भएको हो ।
क्षिरेश्वरनाथ नगर पालिका साथै आस पास जोडिएका पालिकाहरुलाई सेवा प्रदान गर्दै आएको यस अस्पताल गर्मी मौसम मै बन्द भए पश्चात् नगरपालिका प्रती आलोचना शुरु भएको थियो । केही दिन यता सिन्धुलीको दुधौलीमा उपचारको अभाबमा बच्चाको मृत्युको घट्नाले आम जनमानसमा त्रास उत्पन्न भएको बेला नजिकको अस्पताल बन्द भएको भन्दै समाजिक संजाल लागाएतमा यसको चर्को बिरोध भए पश्चात् नगरपालिकाले रु १० लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
सर्प दंश उपचार केन्द्र सञ्चालक समिति को बिशेष साधारणसभाबाट मिति २०७९/0५/२९ गते तत्काल केन्द्र सञ्चालन को लागी पारित भई लागू गरिएको शुल्क अनुदान सहयोग उपलब्ध गराए सँगै मिति २०८०/०२/२८ गते बसेको सञ्चालक समितिको बैठक बाट मिति २०८०/०३/०१ देखि लागु हुने गरी निःशुल्क गरिएको अस्पतालका अध्यक्ष राज किशोर राउतले जानकारी दिएका छन् ।
यता, अस्पताल पुनः सुचारु भए पश्चात् नगरपालिका तथा आसपासका क्षेत्रका जनतामा त्रास हटेको छ ।








प्रतिक्रिया