सिरहा : तीनलाख बराबरको ७७ बोरा अवैध चिनी बरामद

न्यूज डेस्क     २०८० जेष्ठ ३२, बिहीबार ०७:१७ बजे मा प्रकासित


सिरहा । इलाका प्रहरी कार्यालय लहान सिराहाको टोलीले  बुधबार लहान-१७ बलानसेर नजिकबाट व्यापक मात्रामा अवैध समान फेला पारेका छन् ।

सो अवैध सामान बुधबार ६:३० बजेको समयमा सिरहा लहान नगरपालिका वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अबस्थामा भन्सार छलि चोरी पैठारी गरी अवैध सामानहरु राखिएको थियो । प्रहरीले गोप्य सुचनाको आधारमा, करिब ६:३५ बजे ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा टोलि खटि गई ५० किलो तौलको जम्मा ७७ बोरा अनुमानित मुल्य करिब ३ लाख ८ हजार बराबरको भारतिय कम्पनिको चिनी फेला पारी बरामद गरी,उक्त चिनी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई राखिएको छ । यस विषय थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता तथा सुचना अधिकारी रविन्द्र राज पाण्डेले बताएका छन् ।

प्रतिक्रिया





Top