जनकपुर : दाईजो लागि हत्या गरिएको भन्दै आरती साहको न्यायको लागि परिवारजन काठमाडौँमा

न्यूज डेस्क     २०८० असार २, शनिबार २३:३५ बजे मा प्रकासित


अपराधीका ‘HERO’ धनुषाका एसपी र डिएसपीलाई कारवाहीको माग गर्दै परिवारजन काठमाडौँमा

जनकपुरधाम । जनकपुरकी आरती साह हत्याकाण्डमा धनुषाका एसपी र डिएसपीलाई कारवाहीको माग गर्दै परिवारजन काठमाडौँ पुगेका छन् ।

दाईजोको लागि हत्या गरिएको भनिएको आरती साहको न्यायको लागि परिवारजन काठमाडौँ पुगेका छन् । गत जेठ ७ गते ससुरा पक्षबाट हत्या गरिएको आरोप छ ।

 

धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मिथिलेश्वर बस्ने आरती साहलाई उनका श्रीमान, सासु ससुरा र अन्य परिवारका सदस्यहरुले मिलेर हत्या गरेको आरोप माईत पक्षले लगाउँदै आएको छ । आरतीको शरिरभरि निल डाम, कुटपिट गरिएको चिन्हहरु देखिएको थियो । तर, धनुषा प्रहरीले ससुराली पक्षलाई उन्मुक्ति दिन खोजेको भन्दै धनुषाका प्रहरी प्रमुखलाई समेत कारवाहीको माग गरिएको छ ।

खिरखिरिया माईती रहेको आरती साहलाई ससुरा पक्षले दाईजोको लागि कुटपिट गरेको आरोप छ । आरतीको शरिरमा कुटपिटको निशान पर्याप्त देखिएको थियो । धनुषा प्रहरीका डिएसपी बेद प्रसाद गौत्तम, एसपी विश्व खडकाले पीडक पक्षबाट रकम लिएर उन्मुक्ति दिन खोजेको भन्दै न्यायको लागि काठमाडौँ सम्म पुगेको हो ।

प्रतिक्रिया





Top