बिकाश ठाठुर ,महोत्तरी । महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नम्बर ८ कटैयमा आइतबार आयोजित मुस्लिम समुदायको भेलामा मुस्लिम धर्म गुरु तथा भारतको पुर्व केन्द्रिय सांसद रजिए मिल्लत हजरत अल्लामा मौलाना गुलाम रसुल बलयावी मुस्लिम समुदायमा बढ्दो कुप्रथा दाइजो अन्त हुन् अति आबश्यक रहेको बताएका छन् ।
हाम्रो समुदायमा दाइजो जस्तो कुप्रथा नरहेता पनि अहिले चलनमा आएको, अर्को समुदाय, समाजबाट आएका यस प्रथालाई अन्त गर्न अभियान अन्तर्गत नेपाल आएको बताएका छन् । कटैयाका स्थानीय द्वारा आयोजित उक्त कार्यक्रममा भारतीय नेतालाई बोलाइए पनि राजनीति नभई पूर्ण रुपेन धार्मिक र सामाजिक रहेको मुस्लिम समाजका अभियानी सेदर अन्सारीले बताएका छन् ।
उक्त कार्यक्रममा समाजमा साdfजिक एकता कायम गर्न भेद भाव कम गर्न उहालाई बोलाइएको थपेका थिए । नेता तथा मौलाना लाइ भव्यरुप गरिएको थियो । मौलाना गुलाम रसुल बलयावी युनाइटेड जनता दलका पुर्व लोक सभा सदस्य हुन् साथै उनि बिहारको मुख्य मंत्री नितिश कुमारको नजिकको व्यक्ति मध्य एक हुन् ।








प्रतिक्रिया