सबैला : श्रमजीवि वचत तथा ऋण सहकारी संस्था अध्यक्ष यादव पक्राउ

न्यूज डेस्क     २०८० असार ७, बिहीबार १५:११ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ मा रहेको श्रमजीवि वचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष पक्राउ परेको छ ।

श्रमजीवि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम बाबु यादब अन्दाजी वर्ष–४२ नवटोली बस्ने सबैला नगरपालिका ७ नवटाेलिका यादव जनकपुरधाम–९ बाट प्रहरीले पक्राउ गरेका छन् ।

श्रमजीवि वचतका अध्यक्ष राम बाबु यादबले जिल्ला धनुषा सबैला नगरपालिकामा रहेका गाउ खरीहानी, ठिल्ला लगायतका गाउका बस्ने ७५० जनाले दैनिक खातामा जम्मा गर्ने खाताबाट बिगत १ वर्ष देखि ५०–६० लाख सम्म रकम लिई फरार रहेका बताएको थियो ।  ती महिलाहरु भन्छ गाउमै खाेजि गरे थाहै पाएनौं ।

सो राम बाबु यादबलाई पक्राउ गर्नका लागि सबैला, खरीहानी, ठिल्ला गाउबाट ३०० देखि ४०० जना महिला, पुरुषहरु मिलाएर आउदै गर्दा जनकपुरधाम–९ नजिकबाट एक जनाको घरमा बसेकाे देखेका बेलामा सो गाउँका महिलाहरुले समातेर प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ परेका यादवलाई गाडीमा बसाएर जिल्ला प्रहरी कार्यालय लगेका छन ।

 

प्रतिक्रिया





Top