अबैध बालुवा उत्खन्न गर्ने दुई ट्याक्टर प्रहरीकाे नियन्त्रणमा,चालक फरार

न्यूज डेस्क     २०८० असार १७, आईतवार ०८:५५ बजे मा प्रकासित


जनकपुरधाम । अवैध वालुवा खोलामा जथाभावी उत्खन्न गर्ने कार्यमा संलग्न दुई वटा ट्याक्टर प्रहरीले पक्राउ गरेका छन ।

शनिबार क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित जलाद खोलाबाट ट्याक्टर नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट अनुगमनमा खटिएको प्रहरी टोलीले अन टेस्ट दुबै ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरमा वालुवा लोड गरिएको छ ।

प्रहरीको टोली देख्नसाथ चालक र कामदारहरु फरार भएको थियो । प्रहरीले सवारी धनीलाई खोजी गरी कारबाही गर्ने तयारी थालेको छ । सोही कारण सवारी नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको बताइएको छ । पछिल्लो समय प्रहरीलगायत सरोकारबला निकायले जथाभावी भइरहेको खोला उत्खननमा कडाइ गरेका छन् ।

प्रतिक्रिया





Top