जनकपुर : हस्पिटलमा एक युवकको मृत्यु भएपछि परिवारजन ताेडफाेड , रातारात ५ लाखमा मिलापत्र

न्यूज डेस्क     २०८० असार १९, मंगलवार ११:०२ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल र मृतक पक्षबीच मिलापत्र गरेपछि यो घटना साम्य भएको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा २ धनौजी ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो । लगत्तै मृतकका आफन्तले हस्पिटलमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । तोडफोडबाट सामान्य क्षति भएको अस्पतालका सञ्चालक डा. अशोक अधिकारीले बताए ।

याे समाचार पनि पढ्नु हाेला !

जनकपुर : हस्पिटलकाे लापरबाही कारण एक बिरामीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

परिवारजनले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । मध्यराति उपचार खर्च मिनाहा र पाँच लाख रुपैयाँ अस्पताल पक्षले उपलब्ध गराउने सहमति भएपछि आफूहरुले शव बुझेको मृतकका जेठान दीपक पटेलले बताए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।

अत्यधिक पेट दुखेपछि आइतबार बिहान १० बजे पपुलाई अस्पताल भर्ना गरिएको थियो । भर्ना भएकै बेलादेखि समय समयमा चिकित्सक र नर्सले बेवास्ता गरेको र यहीँ ठीक हुन्छ भन्दै अरु अस्पतालमा लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप थियो ।

हस्पिटलका इन्चार्ज सुशील कुमार साहले उपचारमा कुनै प्रकारको लापरबाही नभएको बताए । उनका अनुसार बिरामीलाई अत्यधिक पेट दुख्ने समस्या थियो । ‘बिरामी भर्ना हुने बेला नै सिरियस थिए । ४–५ वटा पेनकिलर दिएपछि मात्र दुखाइ कम भएको थियो । समय–समयमा चिकित्सकले रेखदेख, औषधि उपचार गरेकै थिए । बिरामीको मृत्यु कसरी भयो भन्न सकिन्न,’ उनले भने, ‘लापरवाही भएको होइन ।’

 

धनुषा जिल्लाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।
जनकपुरमा हस्पिटलको लापरबाहीले मृत्यु भएपछि परिवारजन लासमा पैसा बार्गेबिनंग गर्ने गरेको छ । छानविन गरी हस्पिटललाई कारबाहीको दायरमा नल्याउँदा लापरबाही गर्ने र सर्वसाधारणको ज्यान जाने क्रम जारि छ ।

प्रतिक्रिया





Top