शम्भु पण्डित,जनकपुरधाम । बिधालयममा एक भव्य औपचारिक कार्यक्रमको आयोजना गरि शिक्षक गर्भु नारायण साह बिदाइ गरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर-८ ठिल्ला स्थित श्री सरस्वती मावि ठिल्ल, सबैलामा कार्यरत शिक्षक साहलाई बिहिवार बिदाइ गरिएको हो ।
लामो समयसम्म एउटै विद्यालयमा पठन पाठन गर्दै आएका शिक्षकको बिदाइमा उपस्थित हुँदा सबै भावुक भए । कार्यक्रममा सहभागी विद्यार्थी र सहकर्मी शिक्षकका आँखामा बिछोडका आँसु निस्किए । ऊनीहरु सबैले बिगतमासंगै काम गर्दाका पलहरुको स्मरण गरे । उनी ३२ बर्षदेखि मावि शिक्षक साहले सोही विद्यालयमा बिज्ञान विषय अध्यापन गराउँदै आएका थिए ।
उनि कुशल, अनुभवी र मिलनसार शिक्षक भएको भन्दै विद्यालयले प्रसंशा तथा फूलमाला, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।सहकर्मीहरु शिक्षक अरुण ठाकुर ,रामकरण ,गंगा ,सुरेन्द्र यादव राजेश साह साे बिधालयका प्र अ नथुनि साह लगायतका शिक्षक उनको आगामी पेसागत सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।


विद्यालयका स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा विद्यार्थी र शिक्षक विद्यालयमा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्र अ शिक्षक नथुनि साहले गरेका थिए ।








प्रतिक्रिया