जनकपुर : राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरु द्वारा सडक जाम गरेर प्रदर्शन !

न्यूज डेस्क     २०८० असार २३, शनिबार ०७:१९ बजे मा प्रकासित


जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयमा रिक्त पदाधिकारी पदपूर्ति गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले जनकपुरधामकाे रामानन्द चाैकमा आन्दोलमा उत्रिएका छन् ।

शुक्रबार जनकपुरधाम–ढलकेवर सडक खण्ड जाम गरेर प्रर्दशन गरेका छन् । रिक्त रहेको पदाधिकारी चयन गरी विश्वविद्यालय सुधार गर्नुपर्ने उनीहरुको माग छ । विश्वविद्यालयमा उपकुलपति, क्याम्पस प्रमुख र रजिस्ट्रार लगायतको पदसमेत रिक्त रहेको छ । जसले गर्दा पठनपाठन लथालिङ्ग भएको विद्यार्थीहरुको गुनासो छ । प्रदर्शनमा विद्यार्थीहरुले शिक्षामन्त्री विरुद्धसमेत नाराबाजी गरेका थिए । विश्वविद्यालयका भीसी, रजिष्ट्रार, डीन लगायतका पदाधिकारीहरू रिक्त रहेको लामो समय भइसकेको छ ।

यसअघिका पदाधिकारीहरूको कार्यअवधि पूरा भइ अवकाश पाइसकेका छन् । राजर्षि जनक विश्वविद्यालयबाट सेवा निवृत्त शैलेन्द्रनारायण मल्लिकले संघ सरकारद्वारा सञ्चालनमा रहेको यो विश्वविद्यालय सरकारी उपेक्षाको शिकार भएको बताए । ‘संघ सरकारले विश्वविद्यालय स्थापना गरेर पदाधिकारी विहीन बनाए र विद्यार्थीहरुको भविष्य संग खेलवाड गरेको छ । प्रदेश सरकार सहयोग गर्न चाहँदैन,’उनले भने,‘यसरी सरकारी उपेक्षाको सिकार भयो भने विश्वविद्यालय कसरी चल्छ

प्रतिक्रिया





Top