जनकपुरधाम । टिकटोक भिडियो बनाउने स्टन्ट गर्दा एक बालकको मृत्यु भएको छ । मोटरसाईकलमा स्टन्ट गरी भिडियो बनाउने क्रममा एक बालकलाई ठक्कर दिएको थियो ।
याे छिमेकी मुलुक भारतको बिहार राज्यको जयनगर क्षेत्रको सिमराढीस्थित सडकमा माेटरसाइलमा टिकटोक बनाउने क्रममा एक बालकलाई ठक्कर दिएको हो । ठक्कर दिने मधेश प्रदेश धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ७ बेलापट्टि बस्ने कुलदिप मण्डल रहेका छन् ।
TIKTOK भिडियो बनाउन चार साथीसँगै जयनगरतर्फ मण्डल गएका थिए । भारतको मधुवनी पैन्चायत सिमराढी सडकखण्डमा स्टन्ट गर्ने क्रममा सोही स्थान बस्ने एक १४ बर्षिय बालकलाई ठक्कर दिएपछि ज्यान गएको जानकारी दिएको थियो ।
सो क्रममा धनुषाको बेलापट्टि बस्ने कुलदिप मण्डलको अवस्था गम्भिर रहेको छ । उनको उपचार जयनगरस्थित अस्पतालमा भईरहेको भारतीय प्रहरीले जनाएको छ ।
टिकटोक भिडियो बनाउने क्रममा स्टन्ट गरेका मण्डलका साथीद्धय रुबेन मण्डल र दुर्गेश कुमार साह प्रहरीको हिरासतमा रहेको छ । भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
टिकटोक भिडियो बनाउने क्रममा बालकको मृत्यु उनीहरुले लिएका छन् । बीच सडकमा मोटरसाईकल स्टन्ट गर्ने क्रममा बालकलाई ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ ।
टिकटोक बनाउन उहाँ संगै गएका राजन मण्डल भने फरार रहेको प्रहरीले जनाइएको छ ।








प्रतिक्रिया