सिराहाको सुखीपुर नगरपालिका भ्रष्टाचार अनियमितताको अड्डा माटोको माथि कालोपत्रे

न्यूज डेस्क     २०८० असार २३, शनिबार २२:३४ बजे मा प्रकासित


लहान । सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव निर्वाचित भएको दोस्रो कार्यकाल हो । अहिलेसम्म नगरमा विकासको कुनै अत्तोपत्तो छैन । जतात्यतै नसुहाउँदो विकास नाममा भ्रष्टाचार र अनियमितता गरेको पाइएको छ । भ्रष्टाचारमा लिप्त नगर प्रमुख रामऔतार यादवलाई अहिलेसम्म कुनै निकायले कार्यवाही गर्न सकेको छैन ।

असार अन्तिम लाग्दै गर्दा निकासाको दाउपेचमा गुणस्तरहीन काम गरेर व्यापक अनियमितता गरेको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर – ९ वैशाख गाउँ – सुखीपुर बजार जाने बाटोमा कालोपत्रेको नाममा ताजा माटो र मिलाबट गिट्टी, माटो माथि कालोपत्रे गरेर गुणस्तरहीन काम गरिएको छ । खस्रो विकास हुँदा स्थानीयहरुले व्यापक विरोध र जनगुनासो पोखेका छन् ।
सो कालोपत्रे हुने सडकमा कुनै किसिमको सुचना पार्टी समेत देखिएको थिएन । तर, ठेकेदारले लाखौं लाख रकम निकासा गरिएको स्थानीयहरु बताउँछन् ।

यस विषयमा निकायले ठेक्केदार, नगर प्रमुख रामऔतार यादव र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सत्यनारायण साहलाई कार्यवाही नगर्नु खेद हो । नगरपालिकामा लाखौं लाख रकम झ्वाम्म गरेर कुनै ठोस विकास निर्माण नगरेको स्थानीयहरुको जनगुनासो छ। नगरपालिकामा मेयर यादवले एकलबादी प्रणाली लागू गरिएको छ।

यो सँगै नगरपालिकामा जम्मा १० वटा वडा सङ्ख्या रहेको छ ।

यता, कालोपत्रेको विषयलाई लिएर सुखीपुर नगरपालिकाका सुचना अधिकारी प्रमोद कुमार यादवलाई मोबाइल न. ९८४२०४३६४२ फोन गर्दा जानकारी पाउन खोज्दा बाहिर छु , यस विषयमा मलाई कुनै जानकारी छैन । सुचना उपलब्ध गराउन असमर्थ रहेको बताए ।

प्रतिक्रिया





Top