नवलपरासी प्रहरीद्वारा सवारी साधनसहित अबैध सामान बरामद

न्यूज डेस्क     २०८० असार २५, सोमबार ११:०९ बजे मा प्रकासित


बिनोद निगम ,नवलपरासी  । पश्चिम नवलपरासीको प्रहरीले अबैध सामान बरामद गरेको छ । सरावल गाउँपालिका- ४ गोबरहिया चोकबाट भारतबाट भन्सार छली नेपाल ल्याएको सामान बरामद गरिएको हो ।

सोमबार बिहान ६:३० बजे युपि ५६ के ६८०८
मोटरसाइकलमा भारतबाट नेपाल ल्याउदै गरेको प्राप्त
सुचनाको आधारमा प्रहरी चौकी गोबरहियाबाट प्र.स.नि. हरी अधिकारीको कमाण्डमा खटि गएको गस्ती टोलीलाई देखेपछि तस्करले मोटरसाइकल र सामान छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए

बरामद सामान कुर्ता सुरवाल ८१ पिस रु.४० हजार ५ सय), ओम लेखेको टिसर्ट सानो ठुलो गरी ६२५ पिस रु.१ लाख ४७ हजार ४ सय ८० गरी जम्मा मुल्य रु. १ लाख ८७ हजार ९ सय ८० बराबरको रहेको बताएका छन् ।

फरार तस्करको खोजतलास भइरहेको छ भने प्रहरीलें नियन्त्रणमा लिईएका मोटरसाइकल र सामान थप कारबाहीको लागि भन्सार कार्यालय महेसपुर पठाउने तयारी गरिरहेकोसमेत पाण्डेयले बताए ।

प्रतिक्रिया





Top