कतारदेखि काठमाडौं हुँदै सिरहासम्म सुन तस्करी गर्ने सहयोगीसहित पक्राउ 

न्यूज डेस्क     २०८० असार २५, सोमबार २३:२२ बजे मा प्रकासित


जनकपुरधाम । सिरहा जिल्लाकाे लहान नगरपालिका वडा नम्बर ४ कुमहाल टोल बस्ने शिवसुन्दर राउत र उनका सहयोगी २३ वर्षीय मोहनकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । आइतबार दुबै जनालाई पक्राउ गरी काठमाडौं लगेको हो ।

‘यहाँ नेपालमा बसेर सुन तस्करी सञ्चालनमा प्रमुख व्यक्ति नै शिवसुन्दर हुन् । उनले सन् २०१२ देखि नै यो तस्करी गर्दै आएको खुलेको छ । विनोदकुमार २०१९ देखि मात्रै जोडिएको देखिन्छ,’ एसएसपी केसीले भने ।

शिवसुन्दरले एउटा जनरल स्टोर खोलेका छन् । जसको नाम रितेश जनरल स्टोर राखिएको छ । त्यसमार्फत उनले हुन्डी कारोबार गर्दै आएका थिए ।

उक्त जनरल स्टोरको कारोबारमाथि प्रहरीले छानबिन गर्दा एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ८७ रुपैयाँको कारोबार देखिएको छ ।यस्तै शिवसुन्दरले मात्रै १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।

यसरी आफ्नो खाता र जनरल स्टोरको खाताबाट मात्रै उनले एक अर्ब ९३ करोड ६८ लाख ६१ हजार ४९५ रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

एसएसपी केसीका अनुसार उनले सिराहामा मात्रै ९३ करोडको सम्पत्ति जोडेको अनुमान छ । जसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने बताएको छ ।

यसरी शिवसुन्दरसम्म पैसा आइपुगेपछि भने उनले श्रमिकका परिवारको खातामा पैसा जम्मा गरिदिने गरेका छन् । उनलाई पनि प्रहरीले अहिले हिरासतमा लिएको छ ।

प्रतिक्रिया





Top