सिरहा । सडक डिभिजन लहान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासकाे टाेलीले मंगलबार दिउँसो ५ बजे छापा मारेको छ
एक लाख घुस रकमसहित लेखा अधिकृत पदम विनाेद पाेखरेललाई नियन्त्रणमा लिएको छ ।
सडक बनाउने कार्यकाे अन्तिम भुक्तानी गराईदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आराेप छ । सडक ०७६/०७७ देखि नै सडक बनाउने कार्य भईरहेकाे थियाे ।
पक्राउ परेका लेखा अधिकृत पाेखरेललाई थप अनुसन्धानकाे लागि बर्दिवास लगिएको छ ।








प्रतिक्रिया