सदरमुकाम परासीका २ वटा औषधी पसल सिल

न्यूज डेस्क     २०८० असार २७, बुधबार १७:५३ बजे मा प्रकासित


बिनोद निगम / नवलपरासी, २७ असार ।पश्चिम नवलपरासीमा संयुक्त जिल्ला बजार अनुगमन समितीले २ वटा औषधी पसलमा शिल गरेको छ । सदरमुकाम परासीमा संचालन रहेको मापदण्ड बिपरीत औषधी पसलमा अनुगमन समितीले शिल गरेको हो ।

जनस्वास्थ्य जस्तो सवेदनशिल बिषयमा जिल्लामा रहेका फार्मेसी र क्लिनिक निश्चित मापदण्ड बिपरीत संचालन भएको गुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो।

बुद्ध चोकमा रहेको सन मेडि औषधि पसललाई तीन दिनको समयावधि दिदै उक्त पसललाई संचालन गर्न आवश्यक कागजपत्र पूरा गरेमा शिल खोलिने सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए।

कुनै पनि निकायको ईजाजतपत्र नलिई संचालन गरेको पाईएका औषधी पसल शिल गरिएको र प्रबेश उपचार केन्द्रलाई औषधी बिभाग घरेलु तथा साना उद्योग कार्यालय र रामग्राम नगरपालिकामा दर्ता गरी मात्र संचालन गर्न तथा स्वास्थ्य चेकजाँज लागि स्वास्थ्य क्लिनिक नियमानुसार दर्ता गरी संचालन गर्न निर्देशन दिईएको उद्योग अधिकृत प्रमुख गंगाधर पाण्डेयले जानकारी दिए ।

त्यसैगरी सफल स्वास्थ्य क्लिनीक एव सफल फार्मेसीमा पसलमा सम्पूर्ण कागजपत्र रहेको तर स्वास्थ्य निर्देशानालयको प्रमाणपत्र नविकारण म्याद नाघेकोले नविकरण गर्न र पसलबाट निस्केको फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिईएको रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झाना चौधरीले बताईन ।

अनुगमन क्रममा रामग्राम वडा १८ मा रहेको सुदा टेडर्स एण्ड सप्लायर्सबाट अबैध रुपमा ल्याईएको र बिलबिजक नरहेको २ सय ५० केजी चिनी नियन्त्रणमा लिईएको अनुगमन समितीका सदस्य एव जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयले बताए । उनले उक्त चिनीको बजार मूल्य २० हजार रहेको बताए ।

प्रतिक्रिया





Top