बिनोद निगम / नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ वाइपास स्थितमा प्रहरी सहायक निरीक्षक चोप बहादुर केसीको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बरामद गरेको छ।
लु १ ख ६९०२ नम्बर को ट्रकमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा चुरेल (मिठाई) ९२ बोरा अन्दाजी मुल्य रु. १ लाख ७६ हजार ६ सय ४० रुपियाँ – र ट्रकको अन्दाजी मुल्य रु.६ लाख गरी जम्मा अन्दाजी मुल्य रु. ७ लाख ७६ हजार ६ सय ४० रुपियाँ बराबरको सामान फेला परेपछि प्रहरीले ट्रक चालक सहित नियन्त्रणमा लिएको हो ।
उक्त ट्रक र सामान चालक जिल्ला नबलपरासी पाल्हिनन्दन गाउपालिका वार्ड न ५ बस्ने बर्ष ४० को मोहमद धानि पठानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया