घरायसी-झगडा हुँदा श्रीमतीको हत्या

न्यूज डेस्क     २०८० श्रावण ८, सोमबार २२:२४ बजे मा प्रकासित


सप्तरी । सप्तरीमा घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति पक्राउ गरेको छ । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

घरायसी वादविवादको कारण उनीहरूबीच झैँ-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमान नगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।फाइल तस्बिर

प्रतिक्रिया





Top