महोत्तरी : मिटरब्याजी आरोपमा एक जना पक्राउ

न्यूज डेस्क     २०८० श्रावण ११, बिहीबार १०:५६ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वाका मिटरब्याजी रघुवीर साहका छोरा ईन्द्रजीत साह छन् ।

उनलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ गरेको महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनी साहुहरुको संगठन लेनदेन संघर्ष समितिका महोत्तरीका सहसचिव हुन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । छलफलमा बसेका एक प्रत्यक्षदर्शीका अनुसार मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र दिएकै रकम अनुसारको तमसुक रहेकाले सोही बमोजिम ऋणीबाट अशुल गर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया





Top