आफू पत्रकार हुँ भन्दै सूचना माग्ने सिरहा सारश्वरनाथ माविका शिक्षक साहले पत्रकारहरुसँग माफी मागे

न्यूज डेस्क     २०८० श्रावण १२, शुक्रबार ०१:२५ बजे मा प्रकासित


सबिन यादव, जनकपुरधाम । आफू पत्रकार हुँ भनि विभिन्न सरकारी निकायमा सूचना माग्ने सिरहा सारश्वरनाथ माविका शिक्षक पर्शुराम साहले पत्रकारहरुसँग माफी मागेका छन् ।

सिरहाको विभिन्न सँचार माध्यममा “सिरहामा सूचना अभियन्ताको नाममा सूचना भजाउने मास्टर” भन्ने शिर्षकको समाचारको विषयलाई लिएर सारस्वरनाथ माध्यमिक विद्यालय सारस्वरमा कार्यरत प्राथमिक स्थायी शिक्षक परशुराम साहले संचारकर्मीलाई समाचार हटाउन विभिन्न माध्यमबाट धम्की दिएको र समाचार नहटाए मुद्दा मामिलामा फसाईदिने भनी भनी सामाजिक सन्जालमा लेखेर त्रास उत्पन्न गर्नेप्रति नेपाल पत्रकार महासँघ सिरहाले एक्सन लिएपछि उनले सार्वजनिक रुपमा माफी मागेका छन् ।

 

प्रकाशित प्रसारित समाचार उपर चित्त नबुझे शिक्षक जस्तो व्यक्तिले वैधानिक बाटो अवलम्वन गर्नुको साटो फोनबाट धम्की दिनु मुद्दा लगाई दिने भनी त्रसित पार्नु , सन्जालमा कपोकल्पित स्टाटस लेखेर संचारकर्मीलाई निरुत्साहित, पार्नु प्रकाशित समाचार हटाउन लगाउने प्रेस स्वतन्त्रताको ढाडो हस्तक्षेप भएको महासंघले ठहर गर्दै प्रेस विज्ञप्ति निकालेपछि उनले महासँघका अध्यक्ष मनोज बनैतासँग फोन मार्फत माफी मागेका छन् ।

शिक्षक साहले फेसबुक स्टेटस समेत लेखेर पत्रकारहरुसँग माफी मागेका छन् । यसअघि उनले विभिन्न सरकारी निकायमा आफूलाई पत्रकार, सँचारकर्मी बताउँदै सूचना माग गरी धाकधम्की समेत देखाउँदै आएका थिए ।

 

सार्वजनिक पद धारण गरेको निज परशुराम साह शिक्षक भएर पनि पत्रकार र सूचना अभियन्ताको नाउँमा विभिन्न क्षेत्रको व्यक्ती तथा संचार क्षेत्रलाई समेत धम्क्याई, बार्गेनिङ्ग गरेको गुनासो महासंघमा पटक–पटक गुनासो आएकोले बास्तविक छानविन गरी उनको पदीय भूमिका र कर्तव्य स्पष्ट पार्न समेत माग महासंघले गरेको हो ।

प्रतिक्रिया





Top