जनकपुरधाम । जानकी मन्दिरको विवाहमण्डप (मडवा) मा अश्लिल टिकटक भिडियो बनाउने युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नम्बर ६ पोखरभिण्डा बस्ने १८ वर्षिया अनिरूद्र यादव रहेका छन ।
केही दिन अगाडी जानकी मन्दिरको छेउमा रेहेको विवाहमण्डव (मडवा)मा एक जोडि युवक र युवतिले अश्लिल ढंगले भिडियो बनाई टिकटकमा अपलोड गरेपछि सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो । धार्मिक स्थलमा अश्लिल भिडियो बनाएकोमा ब्यापक आलोचना हुन थालेपछि जनकपुरधामका जनप्रतिनिधी तथा समाजिक अभियन्ताहरुको दबाब पश्चात धनुषा प्रहरीले उक्त युवकलाई पक्राउ गरेका छ ।
उक्त भिडियोमा रहेकी युवती र भिडियो खिच्ने क्यामेराम्यानको समेत खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ । अन्य दुबै जना पक्राउ परेपछि कानुन बमोजिम र समाजलाई सचेत गराउने हिसाबले तिनैजनालाई दण्ड सजाय गर्ने धनुषा प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया