समाज विकासका प्रमुख आधार शिक्षा : युवा नेता दिपक महतो

न्यूज डेस्क     २०८० श्रावण १४, आईतवार ०१:१० बजे मा प्रकासित


सर्लाही, बरहथवा।। समाजको विकास र निर्माणका प्रमुख आधार नै शिक्षा रहेको युवा नेता दिपक महतोले बताए । बरहथवा स्थित एजुकेशन होम माविले आयोजना गरेको सम्मान तथा चियापान कार्यक्रममा बोल्दै समाजमा असल, सबल र सक्षम जनशक्ति उत्पादनका प्रमुख अस्त्र शिक्षा नै रहेको जिकिर गरे ।

हाम्रो देशमा शिक्षा क्षेत्रलाई सरकारले न सही ढङ्गले अगाडि सकेका छन, न त निजि क्षेत्रले पनि आफनो तहबाट जुन गतिमा अगाडि बढनुपर्ने हो, बढन सक्या छन, महतोले भने । हामीले स्थानीय स्तरको शिक्षा सुधारका निमित्त शिक्षा क्षेत्रका बौद्धिक व्यक्तित्व, शिक्षक, प्रधानाध्यापक र बुद्धिजीवी व्यक्तिहरूसंग निरन्तर छलफल, बहस र सम्बाद गर्दै आएका छौं । समाजका शैक्षिक सुधार र गुणस्तरीय कायम गर्नका लागि निजि तथा सरकारी दुवै क्षेत्रले हातेमालो गरि अघि बढनुपर्नेमा समेत युवा नेता महतोले जोड दिए ।

युवा नेता महतोको पहलमा बरहथवा नगरपालिका वार्ड न. ९ मा रहेको एजुकेशन होम माध्यमिक विधालयलाई ३५ सिट क्षमता भएका ईस्कुल बस प्राप्त भएको हो । उहाँले सो कार्यक्रमको अवसरमा रिवन काटेर बसको उदघाटन समेत गरेका थिए।
युवा नेता महतोलाई विधालयको तर्फबाट सम्मान स्वरुप प्रशंसा पत्र समेत प्रदान गरेका थिए । महतोको अर्थक प्रयास र मेहनतका कारण विधालयलाई बस प्राप्त भएको विधालयका प्रधानाध्यापक शिवलाल महतोले बताए ।

विस २०७२ सालमा स्थापना भएको एजुकेशन होम माविले आफनै पहिलो एस एल सी ब्याच २०७८ सालमा सहभागी भएका थिए । प्रधानाध्यापक महतोले अगामी बर्षदेखि हाम्रो विधालयले दस जोड दुईको तयारीमा रहेको जानकारी समेत गराए ।

नर्सरी देखि मावी सम्म पढाइ हुने यस विधालयमा हाल १२ सयको हराहारीमा विधार्थी अध्ययनरत र ४० भन्दा बढी शिक्षक र शिक्षिका कार्यरत रहेका छन ।

एजुकेशन होम स्थापना भएको ८ बर्षमै बरथवाको मात्र नभई जिल्लामै आफनो छुट्टै पहिचान बनाउन सफल भएका छन । यो विधालय समयनाकुलको पठनपाठन, सांस्कृतिक कार्यक्रम, विधार्थीहरुको बौद्धिक क्षमता विकास र व्यवहारिक शिक्षामा जोड दिएका कारण छोटो समयमा धेरै लोकप्रिय हुन सफल भएको हो ।

भारतीय  राजदूतावासका  महामहिम राजदूत नविन श्रीवास्तवको विशेष सहयोगमा एजुकेसन होमलाई ईस्कुल बस प्राप्त भएको हो । कार्यक्रम मार्फत विधालय परिवार तथा युवा नेता महतोले समेत राजदुत श्रीवास्तवलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।

सम्मान तथा चियापान कार्यक्रममा बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान, बरथावा ईलाका प्रहरी कार्यलय, बरथवाका डिएसपी लिलाराज लामिछाने, UNFPA का बच्चालाल महतो,बरहथवा नगरपालिकाका शिक्षा शाखा अधिकृत अनिल कुमार साह, चक्रजनता माविका प्रधानाध्यापक रामबहादुर राय, विधालयका शिक्षक/शिक्षिका, शिक्षा क्षेत्रमा बुद्धिजीवी व्यक्तिहरू उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया





Top