रौतहटमा एक युवकमाथि भाला प्रहार आलम पक्राउ

न्यूज डेस्क     २०८० श्रावण १४, आईतवार ०९:१५ बजे मा प्रकासित


जनकपुरधाम । रौतहटमा एकयुवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका ८ का २६ वर्षीय सम्भु राममाथि भाला प्रहार भएको हो ।

उनीमाथि आज साँझ स्थानीय १८ वर्षीय सदरे आलमले अचानक भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए । आलमलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । पुरानो रिसीइवीको कारण भाला प्रहार गरेको डिएसपी यादवले बताए ।

 

रामको उपचार विजयपुरकै नेशनल हस्पिटलमा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया





Top