जनकपुरधाम । महोत्तरीमा दुई बालिका पोखरीमा डुबेर मृत्यु भएको छ । मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुबै बालिकाको शनिबार पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारतको विहार राज्यको जिल्ला सितामाढीं रामनगर पन पाखर ग्रामको रामभजन मलिक डोमको ५ वर्षीया छोरी अर्चना कुमारीको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक मनोज यादवका अनुसार आमाको साथमा मामा गाउँ आएकी अर्चना र चंचला शनिबार दिउँसो १ बजेदेखि ४ बज्जेसम्म सम्पर्क बिहीन भएपछि खोज तलास सुरू गरिएको थियो ।
खोजतलासको क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक यादवले बताए । दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।








प्रतिक्रिया