सर्लाही । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव सहितको सुरक्षा निकायका प्रमुखहरू गोडैता बजारको स्थलगत अनुगमन गरेको छ ।
आज बिहान ८ बजेका समयमा यादवको नेतुत्वमा जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी १० न. गणका प्रमुख तुल बहादुर भण्डारी, नेपाली सेना भैरवी दलका प्रमुख सेनानी अभिषेक कार्की लगायत निर्वाचित जनप्रतिनिधि सहितको टोलिले मुस्लिम र हिन्दु अगुवाहरूसंग कुराकानी गरेका हुन ।
घटना कसरी, बजारको अवस्था र शान्ति सुरक्षा विषयमा समेत प्रमुख जिल्ला अधिकारी सहितको टोलिले जानकारी लिएका छन ।
प्रजिअ यादवले बजारका सबै पसलहरु खोल्न समेत स्थानीयवासीहरुलाई आग्रह गरेका छन । उहाँले भने । तपाईं ठुक्क भएर पसल खोल्नुस शान्ति सुरक्षाका पुर्ण जिम्मेवारी हाम्रो हो??
हामीले बजारमा सिभिलमा समेत प्रहरी परिचालन गरेका छौं । सम्प्रदायिक हिंसा भडकाउन खोज्ने गतिविधिमा सलग्न रहेको पाईएमा जोसुकैलाई पक्राउ गरिने कडा निर्देशन समेत दिएका छन ।
गोडैता नगरपालिकाका उपप्रमुख सचिवालयका प्रतिनिधि बेचन महतो, वार्ड न. ७ का वडाअध्यक्ष बिनेश कुमार दास र वार्ड न.८ का वडाअध्यक्ष मिरेन्द्र कुमार झा उर्फ भगलु
लगायत स्थानीय राजनीतिक अगुवा समेत अनुगमन टोलिमा सहभागी रहेका थिए ।
सहमति अनुसारको संख्यामा महोरम पर्वमा सुरक्षाकर्मी परिचालन नगरिएको स्थानीयहरु बताउछन छन । थोरै संख्यामा प्रहरी सहित महोरम पर्व मनाउने गरिएको र विवाद उत्पन्न भएपछि मात्र बजारमा सशस्त्र प्रहरी बोलाइएको उनिहरुको भनाई छ ।
यता विवादका कारण आफुहरु असुरक्षित महसुस गरिरहेको मुस्लिम अगुवाहरुले बताएका छन । हामीहरु हिंसा हुने डरले बजारमा पसल खोल्न जान पाएका छैन, नजामुदिन ले भने । प्रहरीले राती राम्रो गस्ती गरेका केही राहत मसहुस गरेको उहाँको भनाई छ ।
यता
जिल्ला सुरक्षा समिती, सर्लाहीले जारी गरेको पर्व मनाउने नियम विपरीत मुस्लिमहरुले हातहतियार प्रदर्शन गरि चर्को आवाजमा डिजे बजाउने जस्ता अवाञ्छित कार्यहरू गरेपछि विवाद उत्पन्न भएको र नियमसम्बत महोरम मनाउन प्रशासन आवश्यक कदम नचालेको आरोप हिन्दु पक्षहरूको रहेको छ ।
हिन्दु अगुवाहरुले प्रहरीले एकपक्षीय हुँदा विवाद उत्पन्न भएको बताएका छन । सहमती अनुसार दाहा राखेकै ठाउँबाट फिर्ता हुनुपर्ने भएपनि प्रहरीले नै सहमती विपरीत दाहा मनाउन बजारमा पस्न दिएको र हिन्दु युवाहरुले पस्न रोक लगाएपछि प्रहरीले हिन्दु युवाहरूमाथी अन्धाधुन्ध लाठी चार्ज गरेपछि ढुङ्गा हान्न बाध्य भएको उनीहरुको भनाई छ ।
प्रहरीले घरमा महिला र बालबालिका केही नहेरी आँसु ग्यास प्रहार गरेको र प्रहार नगर्न भन्दा घरको पर्खाल कुदेर घरमा आएर हामीलाई निर्घात कुटपिट गरेको मनकामना किताब पसलका संचालक मुकेश ठाकुरले गुनासो गरे ।
समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको छ।
ढुंगा प्रहारबाट ६ प्रहरी र चार स्थानीय गरि १० जना घाईते भएका डीएसपी पञ्जियारले जानकारी दिए।
ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
झपडमा घाइते भएका ६ प्रहरी र तीन स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन्। झडपका क्रममा दुवै पक्षले इँटा, ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए।
झडप नियन्त्रणमा लिन शनिबार साँझ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
थप झडप हुन नदिन गोडैता बजारमा अहिले पनि प्रहरी परिचालन गरिएको डीएसपी पञ्जियारले बताए। अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन।
दुई समुदायबीच थप मनमुटाव र झडप हुन नदिन दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रदेश सासद फकिरा महतो ले समेत घटनास्थलमा पुगी २ पक्षबिच कुराकानी गरेको छन । समाजमा समाजिक सदभाव कायम गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय अगुवाहरूसंग छलफल गर्दै आएको बताएका छन ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले पनि फेसबुकमा एउटा स्टेटस लेख्दै हिन्दु र मुस्लीम समुदाय संग बिगत कै जस्तो भाईचारा कायम राख्न र खास गरी गोडैता को दुवै समुदाय संग धार्मिक सद्भाव कायम राख्न अनुरोध गर्नुभएको छ ।
केही समयमा जिल्ला प्रशासन कार्यलयमा सर्वपक्षीय बैठक बस्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यलय, सर्लाहीले जनाएको छ ।








प्रतिक्रिया