एक १७ वर्षीया बालिकालाई बिहेको प्रलोभनमा पटक-पटक बलात्कार आरोपमा एक पक्राउ

न्यूज डेस्क     २०८० श्रावण १६, मंगलवार १३:२३ बजे मा प्रकासित


सप्तरी । एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–७ चकदहका ३० वर्षीय राजु भनिने राजकुमार साह हलुवाई ०८० साउन ११ गते पक्राउ परेका छन् ।

भारतस्थित मामाघरतर्फ भाग्न लागेका बेला आरोपितलाई सिरहाको लहानदेखि सात किलोमिटर पश्चिम धनगढीमाई नगरपालिका–१ छपरारीस्थित राजमार्गबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा बुझाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले बताउनु भयो ।

पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको छ । आरोपितले बिहेको प्रलोभन दिई असार ३१ गतेदेखि साउन १० गतेसम्म बालिकालाई घरमै राखेर पटक–पटक बलात्कार गरेको पीडितले बताउनु भयो । ट्रयाक्टर चालक समेत रहेका आरोपित भवन निर्माणको काममा गएका बेला बालिकासँग चिनजान गरी ललाइफकाई घर ल्याएर राखेका थिए । पीडितको स्वास्थ्य परीक्षण सिरहाको लहान नगरपालिका–३ स्थित प्रादेशिक अस्पतालमा साउन ११ गते भयो ।

पत्नीलाई छाडेर एक्लै बस्ने गरेका आरोपितले दुई महिना अघि पनि यसैगरी घरमै ल्याएर बालिका बलात्कारको घटना गरेको गाउँलेहरूले जानकारी दिएका छन् । एक गाउँलेका अनुसार दुई महिना अघि भएको घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षण भएर प्रक्रिया अगाडि बढे पनि पीडित परिवारले लिखित उजुरी नगर्दा मुद्दा अगाडि बढ्न सकेन । स्रोत-ईन्सक अनलाईन बाट

प्रतिक्रिया





Top