जनकपुर : जानकी मन्दिर फूलबारीमा विभिन्न प्रजातिका १०१ फूलका विरुवा रोपिए

न्यूज डेस्क     २०८० श्रावण १८, बिहीबार १४:२३ बजे मा प्रकासित


मधेश पाटी,जनकपुरधाम, १८ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी मन्दिरको फूलबारीमा फूलका विरुवाहरू रोपिएका छन् । जनकपुरियन लेडिज ग्रुपको पहलमा बिहीबार बिहान जानकी मन्दिरको फूलबारीमा विभिन्न प्रजातिका १०१ वटा फूलको विरुवा रोप्ने कार्यक्रम भएको हो ।

त्यसक्रममा बेलपत्र, चन्दन, धुपी, रबर प्लान्ट, सम्मीलगायत विरुवा पनि रापिएको ग्रुपले जनाएको छ । केही दिनअघि मात्रै जनकपुरधामका युवा अभियानीहरूले फूलबारी क्षेत्रमा गरिएको तरकारी खेत नष्ट गरी फूल रोप्न आह्वान गरेका थिए ।

विरुवाहरू मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले उपलब्ध गराइदिएका थिए । फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रोशन दास, अभियानी युवा, सुरक्षाकर्मीलगायतले पनि सहभागिता जनाएका थिए ।

जानकी मन्दिरको फूलबारी क्षेत्रमा तरकारी खेती गरिएको पाइएपछि सर्वसाधारणले मन्दिरका महन्थको आलाेचना गरेका थिए ।

प्रतिक्रिया





Top