हेल्प मधेशी मलेशियाद्वारा समस्या ग्रसित परिवार लाई आर्थिक सहयोग ।

न्यूज डेस्क     २०८० श्रावण १८, बिहीबार २१:०३ बजे मा प्रकासित


मधेश पाटी , जनकपुरधाम । हेल्प मधेशी मलेशिया शाखा केएल दलान द्वारा समस्या ग्रसित परिवार लाई सानाे सहयोग स्वरुप नगद रु.8,000 /- सहयोग गरेको हाे ।

“सेवा नै धर्म हो ,धर्म नै मानव जीवनको मुख्य कर्म हो। “प्रार्थना गर्ने ओठहरु भन्दा सेवा र सहयोग गर्ने हातहरु पवित्र हुन्छन्।” मधेश प्रदेश जिल्ला रौतहट गुजारा नगरपालिका वडा न-३ सिमराका स्थानीय बासी लगभग ५० बर्षीय शुभाष चाैधरी जाे गम्भीर राेगका कारण गत हप्ता निधन भएको थियो उहाँको आर्थिक अवस्था अतिनै कम्जोर छन। काम क्रिया गर्न पनि समस्या भएपछि हेल्प मधेशी मलेशिया शाखा केएल दलान बाट आर्थिक सहयोग काे अपिल गरेका थिए।

त्यसै सन्दर्भमा हेल्प मधेशी संस्था मलेशिया शाखा केएल दलानका संयाेजक प्रमोद कुमार महताे र अध्यक्ष जमिर मन्सुर ज्यु साथै दलानका सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरु सँग छलफल गरेर उहाँको बारेमा सत्यतथ्य बुझेर दलानकाे काेष बाट यथाशीघ्र आर्थिक सहयोग गर्न निर्णय गरेका थिए।

उहाँको अपिल स्विकार्दै केएल दलान द्वारा घाउमा मलहम लगाउने उदेश्य ले न्यानाे माया सानाे सहयोग स्वरुप मिति २०८० साउन १८ गते बिहिवार का दिन नेपाली रु.८,०००/- (अक्षेरपी आठ हजार ) नगद सहयोग गरिएका छन।

हेल्प मधेशी मलेशिया शाखा मलाका दलान का पुर्व अध्यक्ष विजय कुमार राउत र मलाका दलान का पुर्व सचिव भगत नारायण चाैधरी ले स्वर्गीय शुभाष चाैधरी काे घरमै पुगि सहयोग रकम हस्तान्तरण गरेका थिए। सहयोग कार्यक्रममा स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुकाे उपस्थित थियोे।

पिडित परिवारले हेल्प मधेशी मलेशिया शाखा केएल दलानका सम्पुर्ण पदाधिकारी लगायत सदस्यहरू लाई हृदय बाट धन्यवाद व्यक्त गर्नु भएको थियो। त्यतिमात्रै नभई त्यहाँका सम्पुर्ण नगरबासीहरुले हेल्प मधेशी संस्था टप समाजिक संस्था हो भन्दै गुनगान गर्नु भएको थियो।

यदि कुनै दाजुभाइ तथा दिदीबहिनीहरु समाजसेवा गर्नु चाहनु हुन्छ भने आउनुस हेल्प मधेशी परिवारमा हार्दिक स्वागत छ।
🙏🙏 सम्पर्क गर्नुहाेला 🤝🤝
के.संस्थापक श्री दिपक कुमार मण्डल माे. 0177229850,
के. संयोजक श्री उदय महताे,माे.0111168369,
के.बरिस्ठ उपाध्यक्ष श्री सुरेन्द्र महताे माे.0102521407,
के.महासचिव श्री विजय कुमार मण्डल, माे.0143635672,
के.सचिव श्री पवन कुमार महताे, माे.0164492063
के. काेशाअध्यक्ष श्री प्रमोद कुमार महताे,माे.0162633967
के.मिडिया रिपोर्टर श्री प्रदिप कुमार साह,माे.0177105728,
साथै शाखाका अध्यक्षहरु काे सम्पर्क नम्बर :-
केएल अध्यक्ष श्री जमिर मन्सुर,माे.0189545519,
जाेहरबारु अध्यक्ष श्री अन्नाद कु.साह,माे.09823138884
साह आलम अध्यक्ष श्री जागेश्वर यादव, माे.0149513813
सरेम्बान अध्यक्ष श्री सुर्यनारायण यादव,माे.0176313979

प्रतिक्रिया





Top