धनुषा : शिक्षा अध्यक्षको लेटर प्याड किर्ते गरेको आरोपमा विद्यालय संचालकसहित पक्राउ

न्यूज डेस्क     २०८० श्रावण १९, शुक्रबार १३:३५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा शिक्षा शाखा प्रमुखको किर्ते गर्ने प्याबसन नेपालका नगर संयोजक खुसिलाल महतोसहित तीन जनालाई प्रहरिले पक्राउ गरेका छन ।

पक्राउ पर्नेमा प्याबसन नेपालका सबैला नगर अध्यक्ष खुसिलाल महतो ,सत्रुघन कापर र अमोद यादब रहेका छन । यिनिहरुले नगरपालिकाको शिक्षा शाखा प्रमुखको नाउमा नक्कली कागजात तयार गरि बिधालयको शैक्षिक ब्यबस्था सुचना प्रणाली (इमिस) सम्बन्धी आइडी लिएको अभियोगमा इलाका प्रहरी सबैलाले विभिन्न स्थानबाट समाएका हुन।

शिक्षा शाखाको किर्ते गर्ने प्याबसन नेपालका सवैला नगर अध्यक्ष खुसिलाल महतो सवैला नगरपालिका ९ भठिहन स्थित निजि रुपमा धनुषा किडस बिधा निकेतन नामक बोर्डिङ्ग स्कुल सन्चालनमा गरिरहेका छन ।त्यस्तै किर्ते मुद्दामा सघाउने सत्रुघन कापरले सबैला नगरपालिका वडा नम्बर ४ प्रसाही स्थित युनाइटेड इन्टरनेशनल इङ्ग्लिश बोर्डिङ्ग स्कुल तथा अमोद यादवले धनुषाधाममा आरके कम्प्युटर नामक पसल सन्चालनमा ल्याइ कार्यरत छन ।

नगरपालिकाको शिक्षा शाखाले माग गर्नु अगाडि नै नक्कली कागजात तयार गरि इमिस आइडी लिइसकेपछी महतो बिरुद्ध नगरप्रमुख कारिराम यादवले दिएको उजुरीको आधारमा उनिहरुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सबैलाले बताएका छन ।

त्यस्तै प्रथम पक्राउ परेका महतोको बयानका आधारमा अर्का शिक्षक सत्रुघन कापर र आरके कम्प्युटर सन्चालक अमोद यादवलाइ समेत पक्राउ गरिएको सबैला प्रहरीले बताए ।

बिधालयमा अध्ययनरत बिधार्थिहरुको बिबरण शैक्षिक ब्यबस्था ब्यबस्था सुचना प्रणालिमा समाबेश गर्न नगरपालिकाको शिक्षा शाखासंग समन्बय गर्नु ब्यबस्था रहेपनी महतोले उक्त प्रावधानलाइ बेवास्ता गर्दै आफू नै नगर शिक्षा संयोजक रहेको कागजात तयार गरि शिक्षा मन्त्रालय संग आइडी लिएका थिए ।

नगरपालिकाको आधिकारिक शिक्षा शाखाले पछि जब उक्त आइडी मन्त्रालयसंग माग गर्यो अनि बल्ल पहिले नै ती आइडी मन्त्रालय बाट उपल्बध गराइसकेको जानकारी पश्चात सोधिखोजी गर्दा महतोले आफू नै शिक्षा शाखा प्रमुख भएको कागजात तयार गरि आइडी मागेको चाल पाएपछी नगरप्रमुख यादवले इलाका प्रहरी सबैलामा उजुरी दिने तयारीमा छन ।

यता सबैला नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रदिप मुखियाले पक्राउ परेकाहरुबिरुद्ध किर्ते र साइबर क्राइमको मुद्दा चलाउने तथा  प्रक्रीया अगाडि बढाउने बताए ।

प्रतिक्रिया





Top