जसपा छाडेर नेता यादव जनमतमा गरे प्रवेश

न्यूज डेस्क     २०८० श्रावण २२, सोमबार ०८:०८ बजे मा प्रकासित


मधेश पाटी,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका युवा नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जसपाको रौतहट जिल्ला कार्यसमिति सदस्य रहेका नेता यादव जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

 

पार्टीका अध्यक्ष डा. सिके राउतले उनलाई सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए ।

सामाजिक अभियन्ता समेत रहेका उनी २०७९ मा भएको स्थानीय चुनावमा लोसपाले टिकट नदिएपछि जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । तर चुनावमा पार्टीकै नेताबाट धोका भएको भन्दै उनले जसपासँग पनि असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रतिक्रिया





Top