कमला नदीमा पानीको लेभल खतराभन्दा माथि, स्थानियहरु त्रसित सतर्क रहन आग्रह

न्यूज डेस्क     २०८० श्रावण २३, मंगलवार १४:५६ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा पानीको बहाब उच्च हुन थालेपछि आसपासको क्षेत्र बासिन्दालाई अलर्ट जारी गरिएको छ ।

बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै कमला नदीको सिन्धुली रानीबास तर्फ सतर्कता अपनाउन अलर्ट जारी गरेको हो । कमला नदीमा बिहान ११ बजेसम्म पानीको बहाब करिब ५ घनमिटर देखाईएको छ ।

बाढी पूर्वानुमान शाखा तथा कमला नदी नियन्त्रणको सिन्धुली शाखाको रिपोर्ट अनुसार अहिले कमला नदीमा पानीको बहाब निरन्त बढीरहेकोले आसपासको क्षेत्रमा सतर्कता अपनाउन मोबाईलमा मेसेज समेत छाडिएको हो ।

सिन्धुलीको रानीवास क्षेत्रका बासिन्दाहरुलाई अलर्ट जारी गरिएको हो । सोही नदी धनुषा र सिरहा भएर समेत जाने भएकोले आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

प्रतिक्रिया





Top