कमला नदीमा बाध कटान सुरु गरेपछि बाढीमा दुई जना अझै बेपत्ता

न्यूज डेस्क     २०८० श्रावण २४, बुधबार १०:५६ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा र सिरहा जोडने कमला नदीमा आएको बाढीको बेला दुई जना श्रीमान श्रीमति बेपत्ता भएका छन् ।वेपत्ता भएका दुबै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतलास गरिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदीमा आएको बाढीले बगाएको छ । यसैबीच,कमला नदीमा आएको बाढीले कटान सुरु गरेपछि धनुषाका सुरक्षा निकाय सक्रिय भएका छन् । मंगलबार बेलुका कमला नदीको ब्यारेक भन्दा करीब २ सय मिटर उत्तर बाढीले कमला नदीको बाँध कटान सुरु गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बोरामा गिट्टी बालुवा हालेर अस्थायी बाँध निर्माण कार्य थालेको छ ।

कमला नदीको पानी वस्तीमा प्रवेश हुनुबाट रोक्न तथा जीउधनको क्षति हुन नदिन सो बाँध निर्माण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दाहालले जनाएका छन् ।

कमला नदीमा पानी सतह बढी रहेकोले कमला वरिपरि रहेका वासिन्दालाई सतर्क रहन आग्रहसमेत गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षकको सहित टोलीले मंगबार कमला नदी क्षेत्रको अनुगमन गरेका थिए ।

प्रतिक्रिया





Top