कमला नदिमा श्रीमतीको शव भेटिए, श्रीमान् अझै बेपत्ता

न्यूज डेस्क     २०८० श्रावण २४, बुधबार २२:४३ बजे मा प्रकासित


मधेश पाटी,जनकपुरधाम । धनुषा र सिरहा बिचमा रहेको कमला नदीमा पानीले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव भेटिएको छ । मङ्गलबार ११ बजे पोर्ताहास्थित कमला नदीमा आएको बाढीले गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उहाँकी ३० वर्षीय श्रीमती माया पजियारलाई बगाएपछि बेपत्ता भएका थिए ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा बुधबार शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कमला नदीमा पानीको लेभल खतराभन्दा माथि, स्थानियहरु त्रसित सतर्क रहन आग्रह

बेपत्तामध्ये श्रीमती माया पजियारको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम साहले बताउनुभयो । “बगेको स्थानबाट झण्डै सात किलो मिटर दक्षिणमा उहाँको शव भेटिएको छ, बाढीमा बगेर आएको दाउरा सङ्कलन गर्ने क्रममा दुवै जनालाई बगाएको थियो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार श्रीमान् साजनको अवस्था अझै अज्ञात रहेकाले खाजी कार्य भइरहेको छ ।

प्रतिक्रिया





Top