नितेश गुप्ता प्रमुख रहने गरी मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन

न्यूज डेस्क     २०८० श्रावण २५, बिहीबार ११:५४ बजे मा प्रकासित


जनकपुरधाम, २५ साउन । नेपाली काँग्रेस मधेश प्रदेशका सभापतिले नितेशकुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका छन् ।

नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले नेकाको विधान २०१७ संसोधन सहितको धारा ११ क (ख) बमोजिम गुप्ता प्रमुख रहने गरी नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका हुन् ।

नवगठित उपप्रमुखमा सप्तरीका जाल्पाना कुमारी सदार, सदस्यहरुमा सन्तोष सिंह महोत्तरी, विनोद मण्डल, विंदु सिंह सिरहा, राहुल गुप्ता, निलिमा पौडेल पर्सा, निकेश त्रिपाठी, रोशनकुमार साह सर्लाही, कमल साह धनुषा, सन्दीप यादव, सिकिन्द्र पासवान बारा, प्रभातकुमार झा, सागर हुमागाई, राजेश्वर पाण्डे रौतहट, अन्जली गुप्ता बारा, निरंजनकुमार साह धनुषा, हदिस खुदार महोत्तरी, सुधा देवी, ललिता साह सप्तरी लाई मनोनयन गरिएको नेका मधेशप्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवले प्रेस विज्ञप्ती निकालेर जानकारी दिए ।

प्रतिक्रिया





Top