दस लाखको बार्गेनिङ , पाँच पचासमा रेडी एसपी अनिलका घुमुवा स्ट्रिङ अप्रेसनमा जोगिए

न्यूज डेस्क     २०८० श्रावण २६, शुक्रबार ०९:१० बजे मा प्रकासित


हेटौंडा । सशस्त्र प्रहरी बल १४ नम्बर गणका एसपी अनिल कार्की माथि सशस्त्र मुख्यालयले छानबिन शुरू गरेको छ । डिआइजी गणेश ठाडा मगर सहितको टोलीले अनुसन्धान शुरू गरेको हो । अनुसन्धानका लागि बुधबार नै मगरको टोली हेटौंडा आइपुगेको छ। एसपी कार्कीले सर्लाहीका एक व्यापारीसंग पक्राउ परेको सामान छोडिदिने शर्तमा १० लाख रूपैयाँ बार्गेनिङ गरेको र पाँच लाख पचास हजार रूपैयाँमा सहमति भएको र सहमति अनुसारको रकम लिन व्यापारीले छोडेको होटलमा घुषको रकम लिन घुमुवा प्रहरी पठाएको तर घुमुवाले स्ट्रिङ अप्रेसनमा अख्तियारको टोली देखेपछि भागेको कुरा अख्तियार मार्फत गृह हुदै सशस्त्र मुख्यालय पुगेपछि छानबिन समिति बनेको थियो । सर्लाहीको एक व्यापारीसंग एसपी कार्कीले तस्करी गरि ल्याएको सामान पक्राउ नगरिदिने शर्तमा महिनावारी रकम लिदै आएको र उक्त व्यापारीले काम नभएको बेलामा महिनावारी रकम नदिएपछि ती व्यापारीको पछि लाग्ने काम एसपी कार्कीले गर्दै आएको समेत पीडित व्यापारीले अख्तियारमा जानकारी गराएका थिए।

 

एसपी अनिल कार्कीले सुरेन्द्र दाहाल नामका घुमुवा परिचालन गरेर व्यापारी देखि तस्करसँग रकम उठाउंदै आएका थिए । पथलैंया स्थित राजश्वमा रहेको सशस्त्रमा लामो समय कार्यरत रहेका हेटौंडा नै घर भएका सुरेन्द्र दाहाल व्यापारी र तस्करसंग रकम असुली गर्न बारा , पर्सा रौतहट सम्म पुग्ने गरेको समेत सशस्त्रको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कार्कीले घुमुवा मार्फत तस्कर र व्यापारीसंग महिनावारी रकम बुझ्ने गरेको र रकम नदिने व्यापारीहरूको सामान पक्राउ गर्ने काम गर्दै आएका थिए ।

 

सामान पक्राउ नगर्ने शर्तमा र पक्राउ परेको सामान छोडिदिने शर्तमा दस लाख बार्गेनिङ गरेका उनले पछि पाँच लाख पचास हजारमा सहमति गरेका थिए । उनले व्यापारीलाई होटलको नाम दिएर त्याहां छोडिदिनु भन्ने आदेश गरेका थिए । रकम मागेर र नदिए सामान समाएर आजित भएका ती व्यापारीले अख्तियारमा उजुरी दिएर स्ट्रिङ अप्रेसनमा समाउने सोच बनाएर अख्तियार पुगेका थिए।

 

व्यापारीले कबोल गरेको रकम होटलमा बुझाए पछि रकम लिन आउनेको प्रतिक्षामा बसेको अख्तियारको टोली देखेर रकम लिन गएका घुमुवा सुरेन्द्र दाहाल होटलको ढोकाबाट नै फर्केका थिए । अख्तियारको टोलीमा गएको प्रहरी मध्ये एकलाई चिन्ने बित्तिकै रकम लिन गएका घुमुवा दाहाल फर्केका थिए। अब डिआइजी गणेश ठाडा मगरको छानबिन टोलीले के रिपोर्ट दिन्छ । एसपी कार्कीलाई जोगाउने वा निलम्बन गर्ने त्यो त हेर्न बांकी नै छ ।तर अनिल कार्की डिएसपी भएर लाहानमा कार्यरत रहंदा पनि यस्ता थुप्रै काण्डहरू भएको खुलेका छन् ।

प्रतिक्रिया





Top