प्रहरीले अबैध घरेलु मदिरा नष्ट गर्यो

न्यूज डेस्क     २०८० श्रावण २६, शुक्रबार ०९:१७ बजे मा प्रकासित


सिरहा,२६ साउन । वडा प्रहरी कर्यालय सिरहाबाट निस्केको प्रहरी गस्ती टोलीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।सिरहा नगरपालिका -२ स्थित प्रहरी गस्ती टोलीलाई देख्ने बितिकै मदिरा छाडेर भागेको वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबाबु बुढाथोकीले बताए ।

प्रहरी टोली आउँदै गरेको जानकारी पाएर मदिरा छाडी भागेको वडा प्रहरी प्रमुख बुढाथोकीले दाबी गरे ।
उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएको अन्दाजी ५० लिटर अवैध घरेलु मदिरा स्थानिय भद्रभलादमी, नागरिक अगुवा तथा अन्य सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।

 

आउने केही दिनमै माथिल्लो प्रहरी निकायसंग समन्वय गरेर अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउने उनको भनाई छ।
अवैध घरेलु मदिराले व्यक्तिको स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको हुँदा यस्तो मदिरा उत्पादन गर्ने कार्यलाई अविलम्ब बन्द गर्नुपर्ने सिरहा नगरपालिका वडा नं.२का युवा समाजसेवी मनिष कुमार यादवले बताए।

अवैध घरेलु मदिरा उत्पादन बन्द भयो भने समाजको धेरै जसो समस्या आफै समाधान हने दाबी गर्दै स्थानियहरुले भने, ‘अवैध घरेलु मदिरा उत्पादन जति सक्दो छिटो बन्द गरिनुपर्छ ।’

प्रतिक्रिया





Top