सिमा नाकाबाट दिउँसै हुन थाल्यो चोरी तस्करी

न्यूज डेस्क     २०८० श्रावण ३१, बुधबार १२:१२ बजे मा प्रकासित


बिनोद निगम,नवलपरासी /३१ सावन । नवलपरासीसहित ग्रामिण भेगकाे अधिकांश नाकाबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सीमा नाकामा रहेका सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमा क्षेत्र अहिले व्यापक तस्करी बढेको हाे । स्थानीयहरुका अनुसार केही दिन अगाडि ठूलो मात्रामा भुजहवामा चामल र मटर सूचनाको आधारमा सुरक्षा निकायले बरामद गरी महेशपुर भन्सार कार्यालय बुझाएको थियो “त्यसको भोलि पल्टै तस्कर हरूले झन् दिउँसै पिकअप का पिकअप चामल,मटर तस्करी भइरहेको देखिने सकिन्छ “समान रोक्नुको साटो झन तस्करी फस्टाएको देखिन्छ । सिमामा खटिने सशस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्जकै सेटिङमा तस्करीकाे लाइन खुलेकाे देखिने सकिन्छ ।

सिमावर्ती नवलपरासीकाे भुजहवा, बसहिया, झुलनिपुर,बलिनगर, सनई , गेरमी, हरपूर,ध्रमौली पिपरहवा,लगायतकाे नाका भएर तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै मिलोमतोमा चामल, मटर,कपडा, हार्डवेयरकाे सामान, कुखुराका चल्ला भैंसी बाख्रा लगायतका भारतीय समानहरु नेपाल भित्री रहेका छन् ।

त्यसैगरि प्रतिबंधित औषध र अवैध रुपमा हुने पैसाको कारोबार हुण्डी बढ्दै गएको छ । नवलपरासी लगायत नेपाल–भारत सीमा जोडिएका तराईका अधिकांश जिल्लामार्फत समेत हुण्डीकारोबार हुने गरेको खुलेको छ । पछिल्लो समय नवलपरासीबाट हुण्डी कारोबार गर्ने दजनौ कारोबारी हरु बढेका छन् । जिल्ला नवलपरासीकै सदरमुकाम परासी लाई केन्द्रविन्दु बनाएर हुण्डीको कारोबार भैरहेको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

विशेष गरेर दिउँसै, सांझ र विहानकाे समयमा तस्करी भइरहेकाे देखिन छ । तस्करी हुँदै पनि तस्करी नियन्त्रणकाे मुख्य जिम्मेवारी रहेका दुबै सुरक्षा निकायका प्रमुखहरु माैन देखिएका छन् ।

प्रतिक्रिया





Top