सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख रुपैयाँ घुससहित दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव तीन लाख रुपैया र सूचना प्रविधि अपरेटर विरेन्द्रकुमार यादव दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।








प्रतिक्रिया