बिनोद निगम,नवलपरासी/ ३१ सावन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ५ बैदौलीबाट अवैध मालसामान बरामद भएको छ । प्रहरीले स्थानीय ईन्द्रजित यादवको घरबाट भन्सार छली ल्याएको अवैध मालसामान लुकाईछिपाई राखेको अवस्थामा बरामद गरिएको हो ।
प्रहरीले डटपेष्ट (दाँत माझ्ने डावर मन्जन) ६९ कार्टुन अं. मुल्य दुई लाख ४८ हजार ,गोलो एण्ड लब्लि १२ कार्टुन अं. मुल्य ६९ हजार , सानो कालो मटर ६३ बोरा (प्रति बोरा ३० के.जी.) अन्दाजी मुल्य १ लाख ५१ हजार २०० रुपियाँ गरि जम्मा अन्दाजी मुल्य रु. ४ लाख ६८ हजार २०० रुपैयाँ बराबरको सामान बरामद गरेको डिएसपी भोजराज पाण्डेले बताएका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा १५ जनाको प्रहरी टोली, वि.ओ.पि. सशस्त्र प्रहरी बल क्याम्प गुठीप्रसौनीबाट सहायक प्रहरी निरीक्षक सन्तोष सापकोटाको कमाण्डमा खटिएको टोली र राजस्व अनुसन्धान विभाग बुटवल रुपन्देहीबाट खटिएको संयुक्त टोलीले यादवको घरमा खानतलासी गर्दा उक्त मालसामान बरामद गरेको हो ।
बरामद गरेको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान बिभाग बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।








प्रतिक्रिया