मोटसाइकल अनियन्त्रित भएर पल्टदा एक घाइते

न्यूज डेस्क     २०८० भाद्र १, शुक्रबार ०८:४२ बजे मा प्रकासित


बिनोद निगम,नवलपरासी/ १ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ स्थित घण्टाघर चोक नजिकै आज राती २: ३५ को समयमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

युपी ५६ एआर २३१३ नम्बरको मोटसाइकल आफैं अनियन्त्रित भई पल्टदा पल्हिनान्दन गाउँपालिका वाड नं १ सुनरी बस्ने वर्ष अन्दाजी २४ को लक्ष्मी साहनी घाइते भई
उपचारको लागी जिल्ला अस्पताल परासी तर्फ पठाएको टाउकोमा चोट लागि अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाट प्रहरी सहायक निरिक्षक चोप बहादुर के.सी.को कमाण्डमा ५ जनाको टोलीघटनास्थल पुग्दा उनले मापसे सेवन गरेको र अन्य अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिएका छन्

प्रतिक्रिया





Top